आज एकैदिन ताेलामा १८०० रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौ,पुस ११ । पछिल्ला दिनयता लगातार बढेको सुन-चाँदीको मूल्य लगातार बढीरहेको छ । हिजो बिहिबार घटेको सुनचाँदीको मूल्य आज फेरी बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८०० रुपैयाँ बढेर २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ ।
हिजो तोलामा ६ सय रुपैयाँ घटेको छापावाल सुन २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँले बढेको छ । अघिल्लो दिन बिहिबार प्रतितोला ४ हजार ४२० रुपैयाँ कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।

