खरेलले देउवासँग भेटे, शीर्ष नेतासँग निर्वाचन वातावरणबारे सघन छलफल
काठमाडौं,पुस ११ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ। शुक्रबार खरेल महाराजगञ्जस्थित देउवाको निवास पुगेर छलफल गर्नुभएको हो।
भेटका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, निर्वाचनको वातावरण र समग्र राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित र समयमै सम्पन्न गर्न दलहरूबीच सहकार्य आवश्यक रहेको विषयमा दुवै नेताबीच विचार–विमर्श भएको बताइएको छ।
यसै क्रममा मन्त्री खरेलले शुक्रबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम रहेको छ।
आगामी निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यसहित सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन संवाद र परामर्श सुरु गरेको हो। सरकार निर्वाचन प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन प्रतिबद्ध रहेको मन्त्री खरेलले बताउँदै आउनुभएको

