सुनको मूल्यमा पुनः नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख ७० हजार नाघ्यो



काठमाडाैं,पुस १३ । लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार पनि बढेको छ । आज पनि तोलामा १३०० रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ७० हजार ६०० रूपैयाँ ताेकिएकाे छ । अघिल्लाे दिन (शुक्रबार) छापावाल सुन प्रतिताेला २ लाख ६९ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि तोलामा २७० रूपैयाँले बढेकाे छ । गत शुक्रबार प्रतिताेला ४ हजार ५ सय ६५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज ४ हजार ८ सय ३५ रूपैयाँ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्