एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याउने तयारी
काठमाडौं,पुस १३ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा सुरु भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेपछि सुरु भएको हो।
बैठकमा आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे निर्णायक छलफल हुने एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार समानुपातिक उम्मेदवार छनोट बैठकको मुख्य एजेन्डा रहेको छ।
यसका साथै बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समेत छलफल हुने जनाइएको छ। समानुपातिक सूची टुंग्याएपछि एमालेले निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताइएको छ।

