प्रहरी–नागरिक सम्बन्ध सुदृढ गर्न ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु



काठमाडौँ, पुस १४ — प्रहरी–नागरिक सहकार्यलाई बलियो बनाउँदै शान्ति सुरक्षा र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको चाहना अनुसार सेवा प्रवाह गर्दै सुरक्षित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा माइती नेपालकी अनुराधा कोइरालाले लागुऔषध दुव्र्यसन र महिला–किशोरीमाथि हिंसा बढ्नु चिन्ताजनक रहेको बताउनुभयो भने काठमाडौँ महानगर उपप्रमुख सुनिता डङ्गोलले समुदायको सहयोगबिना शान्ति सुरक्षा सम्भव नहुने उल्लेख गर्नुभयो।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र चलायमान हुन शान्ति सुरक्षा अनिवार्य रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मान गर्नुका साथै विद्यार्थीहरूलाई प्रहरी ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्