जाडोमा आगो र हिटर प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं, पुस १४ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोयाममा आगो ताप्दा, हिटर वा गिजरजस्ता तातो बनाउने उपकरण प्रयोग गर्दा सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सावधानी नअपनाउँदा गम्भीर दुर्घटना वा दुर्घटनाबाट स्वास्थ्य जोखिम उत्पन्न हुन सक्छ। उनले आगो ताप्दा वा हिटर चलाउँदा कागज, कपडा जस्ता सजिलै जल्ने सामग्री नजिक नराख्न र उपकरण प्रयोगपछि पूर्ण रूपमा निभाउन अनुरोध गरे।

साथै, गिजरको मुख्य मेसिन बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न, लामो समयसम्म बाथरुममा नबस्न र सुत्नुअघि हिटर अनिवार्य रूपमा निभाउन पनि मन्त्रालयले सुझाव दिएको छ।

मन्त्रालयले जाडोमा सुरक्षित व्यवहार अपनाउँदा आगलागी तथा श्वासप्रश्वास सम्बन्धी जोखिम कम गर्न सकिने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्