नुवाकोटको कालिकादेबी माविमा ६ दिने स्काउट आधारभूत तालिम सम्पन्न



नुवाकोट, पुस १४ – जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित कालिकादेबी माध्यमिक विद्यालयमा पाँच रात छ दिनको स्काउट आधारभूत तालिम सम्पन्न भएको छ।

एघार वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको उक्त तालिममा स्थानीय जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। तालिम शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने गाउँपालिका प्रवक्ता चन्द्रबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङले विद्यालय नजिकै रहेको सरस्वती मन्दिर निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावाङ लामालाई चेक हस्तान्तरण गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठका अनुसार विद्यार्थीलाई अनुशासित बनाउने र शिक्षकहरूलाई थप उत्तरदायी बनाउने उद्देश्यले स्काउट आधारभूत तालिम सञ्चालन गरिएको हो। तालिमले विद्यालयस्तरमा अनुशासन, नेतृत्व र जिम्मेवारी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्