आगामी निर्वाचनमा रास्वपा–बालेन–कुलमान एकै मोर्चा, सँगै जाने सहमति



काठमाडौं,पुस १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ।

जेनजी अभियन्ता सुदन गुरुङका अनुसार उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो।

गुरुङले राताेपाटीलाई दिएको जानकारीअनुसार भ्रष्टाचारविरुद्धको एजेन्डा, सुशासन र वैकल्पिक राजनीतिको साझा धारणा आधार बनाएर सहकार्य गर्ने सहमति भएको बताइएको छ।

यस सहमतिलाई आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिहरूको एकता प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्