नुवाकोट देविस्थान पोखरी शान्ति पार्कमा गुरु रिम्पोछेको प्राण अधिष्ठान सम्पन्न
नुवाकोट,पुस १४ । शिवपुरी गाउँपालिका–१ र ३ को संगमस्थल देविस्थान पोखरी शान्ति पार्कमा अवस्थित गुरु रिम्पोछेको प्राण अधिष्ठान र उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम पूर्व मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यता तथा वागमती प्रदेश सदस्य राधिका तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न लामा गुरुहरू, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरू तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम समिति अध्यक्ष वीरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा प्रभावशाली व्यक्तित्व विजय तामाङले सञ्चालन गर्नुभएको थियो ।
धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस कार्यक्रममा गुरु रिम्पोछेको प्राण अधिष्ठानसँगै शान्ति पार्कको औपचारिक उद्घाटन गरिएको थियो ।
आयोजक पक्षले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, स्थानीयवासी तथा सरोकारवाला सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।

