रास्वपा–बालेन–कुलमान एकै मोर्चामा, कुलमान घिसिङ उपसभापतिसहित पार्टी प्रवेश
काठमाडौँ,पुस १४ । पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन् । घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएसँगै उनी पार्टीको दोस्रो वरीयताको नेताको भूमिकामा रहने भएका छन् ।
घिसिङको सचिवालयका अनुसार रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच आगामी निर्वाचनका लागि एकै ठाउँमा उभिने सहमति भएको हो । यससँगै पार्टी सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति पनि पुनः पुष्टि भएको छ ।
सहमति अनुसार समानुपातिक तर्फ कुलमान घिसिङको टिमबाट १८ जना समावेश गरिने भएको छ । यसअघि रास्वपा र घिसिङबीच पटक–पटक संवाद भए पनि औपचारिक सहमति जुट्न सकेको थिएन ।
जेनजी अभियन्ता सुदन गुरुङलगायतका केही युवाअगुवाहरूको सहजिकरणपछि अन्ततः रास्वपा र कुलमान घिसिङबीच एकता सम्भव भएको बताइएको छ । नयाँ सहमतिले वैकल्पिक राजनीतिमा नयाँ समीकरण बनेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

