सुनचाँदीको भाउमा एकैदिन ठूलो गिरावट, सुन तोलामा ७ हजार ९ सयले सस्तियो



काठमाडौँ,पुस १५ । निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मूल्यमा मंगलबार एकाएक भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । आज चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा निर्धारण हुने गर्दछ । एकैदिन सुनचाँदीको मूल्यमा आएको यस गिरावटले बजारमा चासो बढाएको छ भने लगानीकर्ता र उपभोक्ताले मूल्यको आगामी दिशा प्रतीक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्