छहरे–टोखा सडकखण्डमा विद्युतीय गाडी दुर्घटना



नुवाकोट,पुस १५ । छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान स्कुल नजिकै काउलीबारी क्षेत्रमा मंगलबार विद्युतीय गाडी दुर्घटना भएको छ।

काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०५७८ नम्बरको विद्युतीय गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।दुर्घटनामा केही व्यक्ति सामान्य घाइते भए पनि कुनै मानवीय क्षति भने नभएको स्थानीय स्रोतले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको बताइएको छ।

दुर्घटनापछि गाडी सडकमा अड्किएकाले हाल उक्त सडकखण्ड अवरुद्ध भएको छ। प्रहरी र स्थानीयको सहयोगमा गाडी हटाउने प्रयास भइरहेको जनाइएको छ। सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्