नुवाकोट दुप्चेश्वरमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु



दुप्चेश्वर,पुस १५। दुप्चेश्वर गाउँपालिका–५ वालकुमारीस्थित कल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा दुप्चेश्वर गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ।आजदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो।

प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयको सहभागिता रहेको छ। विद्यार्थी खेलाडीहरूको उल्लेखनीय उपस्थिति र उत्साहले उद्घाटन समारोह थप रौनकपूर्ण बनेको थियो। खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत यस वर्ष चार विधामा प्रतिस्पर्धा गराइनेछ। लङ जम्प, हाई जम्प, ४०० मिटर दौड र भलिबल विधामा विद्यार्थी खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाडीलाई समापन समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिने जनाइएको छ।

स्थानीय तहले विद्यालयस्तरमा खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै नियमित रूपमा यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ।यसले विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै भविष्यका खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको

प्रतिक्रिया दिनुहोस्