लिखुमा जालपादेवी साना किसान सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
नुवाकोट,पुस १६ । जालपादेवी साना किसान कृषि सहकारी संस्था लि., लिखु–६ नुवाकोटको तेस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर ओझाको अध्यक्षतामा सम्पन्न सभामा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
साधारण सभामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., गजुरी शाखाका प्रवन्धक दीपकराज पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो भने कृषि आधुनिकीकरण धान जोन नुवाकोटका संयोजक तथा समाजसेवी विनोद पाठकसहित विभिन्न शिक्षण संस्थाका प्रमुख, संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी मदन श्रेष्ठ, हरिशरण लामिछाने, प्रदीप किशोर लामिछाने, रविन्द्र डंगोल, लक्ष्मीदेवी श्रेष्ठ, कमला भण्डारीलगायत विशेष अतिथिहरूले सहकारीले स्थानीय कृषकको आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।वक्ताहरूले सहकारीमार्फत कृषि उत्पादन, आयआर्जन र आत्मनिर्भरता बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
संस्थाका शेयरधनी सदस्यहरूको उल्लेखनीय सहभागिताबीच ज्योतिकुञ्च एकेडेमी लिखु–६ कालिमाटीको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । साधारण सभाले संस्थाको वार्षिक प्रगति समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाबारे समेत छलफल गरेको छ ।

