११ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं,पुस १६ । आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य समेत तोलामा १२० रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा किनबेच भएको चाँदी आज बुधवार प्रतितोला ४ हजार ४७० रुपैयाँमा कारोबार भएको छ ।

