देश र दल इतिहासकै कठिन मोडमा: योगेश भट्टराई
काठमाडौं,पुस १६ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन चरणबाट गुज्रिरहेको बताउनुभएको छ। यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको उहाँको भनाइ छ।
सामाजिक सञ्जालमार्फत भट्टराईले वर्तमान सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावका रूपमा लिन नहुने उल्लेख गर्दै एमालेको ११ औँ महाधिवेशनमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा अघि सारिएको बताउनुभएको छ।
उहाँले पार्टी पङ्क्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउन सबैलाई जिम्मेवार भूमिका खेल्न अनुरोध गर्नुभएको छ।

