निजी क्षेत्रप्रतिको सोच बदल्न जरुरी छ : प्रचण्ड



काठमाडौँ, पुस १६ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिज्ञहरूमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको बताउँदै त्यसमा आमूल परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—समूहिक पहल विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्र र राज्यबीचको सहकार्य बिना मुलुकको आर्थिक विकास सम्भव नहुने स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “राजनीतिले निजी क्षेत्रलाई केवल नाफामुखी आँखाले हेर्ने प्रवृत्ति अझै हट्न सकेको छैन । अब निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा स्वीकार गर्दै विश्वासको वातावरण निर्माण गर्न आवश्यक छ ।”

उक्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू, जेन–जी व्यवसायी तथा उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक स्थायित्व, स्पष्ट नीति र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सकेमा देशले दिगो आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्