पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
काठमाडौं,पुस १६ । पेट्रोको मूल्य ४ रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको हो ।
निगमका अनुसार डिजेल÷मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ ।
त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

