कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ



काठमाडौं,पुस १७। कुमारी बैंक लिमिटेडको एटीएम मेसिनमा तोडफोड गर्नेलाई २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका १८ वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एटीएम तोडफोड भइरहेको गोप्य सूचनाका आधारमा खोजी तीव्र बनाइएको थियो । त्यस क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले घटनास्थल नजिकैबाट भाग्ने प्रयास गरिरहेका दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्