निर्वाचन तयारीबारे जानकारी दिन आज निर्वाचन आयोगको पत्रकार सम्मेलन
काठमाडौँ,पुस १८। निर्वाचन आयोगले आज नियमित साप्ताहिक पत्रकार सम्मेलन आयोजना गर्दैछ।
आयोगको मिडिया सेन्टर हलमा दिउँसो ३ बजे हुने पत्रकार सम्मेलनमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी तथा हालसम्म भएको प्रगतिबारे जानकारी दिइने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पत्रकार सम्मेलनमार्फत निर्वाचनसम्बन्धी व्यवस्थापन, तयारीको अवस्था र आयोगले अघि बढाएका कामबारे सार्वजनिक जानकारी

