गुल्मीमा बस–मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते
गुल्मी,पुस १८ । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी–इश्मा भित्री कच्ची सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
मदाने गाउँपालिका–६ पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इलिस बोर्डिङ स्कुलको लु.प्र.०१–००ख०३५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मालिका गाउँपालिका–६ का ३६ वर्षीय बसन्त अर्याल र ५६ वर्षीया मनकला अर्यालको उपचारका क्रममा मृत्यु भएको गुल्मी अस्पतालले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मोटरसाइकलमा सवार ६ वर्षीय अनुभव गिरी र बसमा सवार ४१ वर्षीया लिलावती अर्याल घाइते भएका छन्।
बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ वर्षीय चुराबहादुर थापा र दुवै सवारी साधन हाल प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

