तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं,पुस १८ । आज सुनको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । नेपाल सुनचाँदी पत्थर, रत्न तथा अपभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि उच्च दरमा वृद्धि भएको छ । चाँदी प्रतितोला ११० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रवार बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ ।

