स्वीट्जरल्याण्ड बारमा आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुग्यो



स्विट्जरल्यान्ड,पुस १९ । स्वीस बारमा भएको आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुगेको छ ।

दक्षिणपश्चिमी स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्की रिसोर्टमा भएको आगलागीमा परी घाइते भएका बाँकी छ जनाको पहिचान पुष्टि गर्न प्रहरीले अझै काम गरिरहेको छ । अघिल्लो रिपोर्टमा आगलागीबाट दर्जनौँको मृत्यु भएको र ११० जनाभन्दा बढी व्यक्ति घाइते भएका जानकारी गराइएको थियो ।

क्यान्टोनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले भन्नुभयो, “घाइते हुनेमा स्विट्जरल्यान्डका ७१, फ्रान्सका १४ जना र इटालीका ११ जना रहेका प्रहरीले बताएको छ । अन्य १४ जनाको राष्ट्रियता अझै निर्धारण हुन बाँकी छ।”

आगलागीमा परी मृत्यु भएका करिब ४० जनाको पहिचान अझै बाँकी रहेको उहाँले बताउनुभयो । “यो हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।

भालेस प्रशासनिक केन्द्रका प्रमुख म्याथियस रेनार्डले पत्रकार सम्मेलनमा भन्नुभयो, “घाइतेमध्ये करिब ५० जनालाई अन्य युरोपेली देशका विशेष केन्द्रहरूमा स्थानान्तरण गरिएको छ वा गरिनेछ।”

रेनार्डले भन्नुभयो, “मृतकको सम्झनामा जनवरी ९ मा क्रान्स–मोन्टानामा एक स्मृति समारोहको आयोजना गरिनेछ। यो पीडितहरूको सम्झना गर्न र एक राष्ट्रको रूपमा एकताबद्ध हुने अवसर हुनेछ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्