तेस्रो खोलेगाउँ महोत्सव पुस ३० गते, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन मुख्य उद्देश्य



नुवाकोट,पुस १९ । शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा तेस्रो खोलेगाउँ महोत्सव आगामी २०८२ पुस ३० गते आयोजना हुने भएको छ। महोत्सवलाई सांस्कृतिक, पर्यटन तथा कृषि–व्यापारिक मेलाका रूपमा सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरण, मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ। साथै, महोत्सव अवधिभर चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने वडा सदस्य कमल लामा (नुवाकोटे टाइगर)ले जानकारी दिनुभयो।

वडा नम्बर ६ का अध्यक्ष विष्णु श्रेष्ठका अनुसार पछिल्ला तीन वर्षदेखि निरन्तर रूपमा महोत्सव आयोजना गर्दै आइएको छ। यसले स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै स्थानीय कलाकार र संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो।

महोत्सवले स्थानीय किसान, उद्यमी र कलाकारलाई प्रोत्साहन गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्