राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबलाई



काठमाडौं,पुस २० । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै  हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । हेल्प नेपालले आर्मीमाथि २५–२१, २५–२१ र २५–२१ ले जित निकाल्यो ।

सोही मैदानमा शनिबार नै भएको महिलातर्फको फाइन खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै महिलातर्फको उपाधि जितेको छ ।

फाइनलमा न्यू डायमन्डले सुरुदेखि नै दबाब कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।

प्रतिक्रिया दिनुहोस्