ताेलामा २१०० रूपैयाँ घट्याे सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?



काठमाडौं,पुस २० । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन शुक्रबार २९०० रुपैयाँले बढेको सुनको मूल्य आज २१ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। शुक्रवार प्रतितोला ४ हजार ५२५ रुपैयाँमा किनबेच भएको चाँदी आज घटेर ४ हजार ५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्