एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहाल दिल्लीमा
काठमाडौं,पुस २० । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँदिल्ली प्रस्थान गर्नु भएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणबाट फिर्ता भएको दुई साता नबित्दै नेकपा संयोजक दाहाल दिल्ली जानु भएको हो ।
नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन दिल्ली प्रस्थान गरेको दाहलको सचिवालयले जनाए पनि दाहालको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दिल्ली प्रस्थान गर्नु अघि आजै दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली बीचे भेटवार्ता भएको थियो ।
दिल्लीमा रहँदा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे सोमबार हुने कार्यक्रममा प्रचण्डले सहभागिता जनाउने सचिवालयले जरी गरेको विज्ञाप्तिमा उल्लेख छ ।

