एकैदिन ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि उछाल
काठमाडौं,पुस २१ । सोमबार नेपाली बजारमा सुको मूल्य ह्वात्तै बढेको छ । हिजो तोलामा २१०० रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन ४ हजार ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ६५ हजार रूपैयाँ पुगेकाे छ। हिजाे छापावाल सुन प्रतिताेला २ लाख ६० हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि एकैदिन १८५ रूपैयाँ बढेकाे छ। हिजाे ४ हजार ५०० रूपैयाँमा काराेबार भएकाे चाँदी यसदिन बढेर ४ हजार ६ सय ८५ रूपैयाँ पुगेकाे छ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको खबरपछि भूराजनीतिक जोखिमप्रति लगानीकर्ताको चासो बढ्दा अन्तराष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि भएको हाे । यसकाे प्रभाव नेपालमा पनि देखिएकाे छ।
अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य करिब १.८ प्रतिशतले बढेर प्रति औंस करिब ४ हजार ४०८ अमेरिकी डलर पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि झन्डै ३.५ प्रतिशतले बढेको छ ।

