मकवानपुरका घिमिरे मौरीपालनमा व्यस्त, मह बिक्रीमा राम्रो बजार



हेटौँडा, पुस २१ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली तुलसीपुरका मौरीपालक किसान नारायण घिमिरे यतिबेला मह उत्पादन र बिक्रीमा व्यस्त हुनुहुन्छ।

हेटौँडा आसपासका विभिन्न क्षेत्रलाई मौरी चरन स्थल बनाउँदै आएका घिमिरेले चरन क्षेत्रमै मह निकालेर बिक्री गर्दै आउनुभएको छ। विगत तीन वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ बजार राम्रो पाउँदा उत्साहित हुनुहुन्छ।

हाल १६ वटा गोला मौरी पाल्दै आएका घिमिरेले गत वर्ष २६० केजी मह उत्पादन गरेका थिए भने यस वर्ष चार क्विन्टल मह उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ। मौरीको गोला तथा महको माग बढेसँगै व्यवसाय विस्तार गर्दै आएको उहाँले बताउनुभयो।

खर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँसम्म आम्दानी हुने घिमिरेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्