इभी गाडीको ठक्करबाट युवकको मृत्यु
रौतहट,पुस २१ । बौधिमाई नगरपालिका–१ भुवाली चोकमा इभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पिपरीयाबाट अजगैबितर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ७६६ नम्बरको इभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बौधिमाई–२ इनर्वाका २३ वर्षीय दिपेन्द्र बैठा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा सोमबार बिहान गौरस्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
इभी चालक उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको छ।

