नेकपा एमालेको सचिवालय बैठक आज, राष्ट्रियसभा उम्मेदवारबारे छलफल हुने
काठमाडौँ,पुस २२ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।
बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारका विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ। साथै निर्वाचनमा हुने सम्भावित तालमेल प्रयासबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्ने तयारी रहेको जनाइएको छ।
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच निरन्तर छलफल भइरहेको भए पनि हालसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। आजको बैठकले उम्मेदवार चयन र तालमेलको रणनीतिमा महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।

