चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवन,पुस २२ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
सोमबार अपराह्न कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो।

