नुवाकोटको मतदाता विवरण सार्वजनिक
नुवाकोट,पुस २२ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जिल्लाको अद्यावधिक मतदाता विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार नुवाकोटमा कुल मतदाता संख्या २ लाख ४७ हजार ८ सय ६८ पुगेको छ।
सार्वजनिक विवरणअनुसार महिला मतदाता १ लाख १८ हजार ९ सय ७५, पुरुष मतदाता १ लाख २८ हजार ८ सय ९० र अन्य ३ जना रहेका छन्।
निर्वाचन क्षेत्रगत विवरण हेर्दा निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख २३ हजार ९ सय २९ मतदाता रहेका छन्। यस क्षेत्रमा ६८ वटा मतदान स्थल र १ सय ४४ वटा मतदान केन्द्र रहेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा १ लाख २३ हजार ९ सय ३९ मतदाता रहेका छन्। यस क्षेत्रमा ६४ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्र तोकिएका छन्।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटले निष्पक्ष, स्वच्छ र प्रभावकारी निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।

