मुस्ताङ–डोल्पा सीमावर्ती क्षेत्रमा हिमपात, आवतजावतमा समस्या
मुस्ताङ,पुस २३। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पर्ने पाक्लिङ र फल्याक हुँदै साङ्ता गाउँ तथा डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिमपात भएपछि स्थानीयवासीको आवतजावत प्रभावित भएको छ।
ह
ाल परेको हिउँका कारण पैदल यात्रा तथा सवारी सञ्चालनमा कठिनाइ भएको स्थानीयले बताएका छन्। विशेष गरी दुर्गम बस्तीहरूमा दैनिक उपभोग्य सामग्री ओसारपसार, पशुचौपायाको हेरचाह र स्वास्थ्य सेवामा पुग्न समस्या देखिएको छ।
स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक बाहेकको यात्रा नगर्न आग्रह गरेको छ भने मौसममा सुधार आएपछि मात्र आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

