शंखरापुरको जंगलमा बस दुर्घटना: एकको मृत्यु, १८ घाइते



काठमाडौँ, पुस २३ । काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित फेरी जंगलमा आज साँझ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बा ४ ख ८७८८ नम्बरको पिकनिक खाएर फर्किँदै गरेको बस साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा केही बेर अघि मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। घाइतेहरूमध्ये हाल नेपाल मेडिकल कलेजमा १ जना, शंखरापुर अस्पतालमा ८ जना, मुलपानी नगर अस्पतालमा ४ जना तथा सुष्मा कोइराला अस्पताल, साँखुमा ६ जनाको उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्