चन्द्रगढी विमानस्थल दुर्घटना छानबिन गर्न दुई समिति गठन
झापा,पुस २४झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिट एयरका वरिष्ठ क्याप्टेन विनोद पुरीको नेतृत्वमा मन्त्रालयस्तरीय समिति गठन गरेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा आन्तरिक छानबिन अघि बढाएको छ।
प्राधिकरणको समितिले ३५ दिनभित्र दुर्घटनाका कारण र उड्डयन सुरक्षासम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाउने छ।

