नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा २ हजारले सस्तियो
काठमाडौँ,पुस २४। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला १०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ निर्धारण गरिएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भएको थियो, जुन हालसम्मकै ऐतिहासिक उच्च मूल्य मानिएको थियो।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा निर्धारण गरिँदै आएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभावस्वरूप आज स्वदेशी बजारमा पनि सुनचाँदीको मूल्य घटेको हो।

