पञ्चकन्या गाउँपालिकाको १९औँ (हिउँदे) गाउँसभा अधिवेशन सम्पन्न



नुवाकोट, पुस २४ । पञ्चकन्या गाउँपालिकाको गाउँसभाको १९औँ (हिउँदे) अधिवेशन बिहीबार सम्पन्न भएको छ।

अधिवेशन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनमा गाउँपालिकाको चालु आर्थिक वर्षका कार्यक्रम, नीति तथा कार्यान्वयनको अवस्था, विकास योजनाहरूको प्रगति र आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

गाउँसभामा उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, जनप्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। अधिवेशनले स्थानीय विकास, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णयहरू गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्