पृथ्वी जयन्तीको अवसरमा भेट्रान कप फुटबल: विदुर ४ र ६ विजयी



नुवाकोट, पुस २४ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको संयोजकत्वमा गठन गरिएको मूल समारोह समितिको आयोजनामा यही पुस २७ गते मनाइने ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ४० वर्षमाथि उमेर समूहको (भेट्रान कप) फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा विदुर नगरपालिका वडा नं ४ र वडा नं ६ विजयी भएका छन्। खेलमा वडा नं ४ ले वडा नं ५ लाई १–० गोल अन्तरले पराजित गरेको छ भने वडा नं ६ ले वडा नं १२ लाई ३–० गोल अन्तरले हराएको हो।

पाँच समूहमा विभाजन गरिएको प्रतियोगितामा विदुर नगरपालिका वडा नं ३ भने सिधै अघिल्लो चरणमा प्रवेश गरेको छ। प्रतियोगिताको व्यवस्थापन देवीघाट–जालपा क्लबमार्फत भइरहेको छ।

उक्त प्रतियोगिता पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई खेलकुदमार्फत भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्