दुप्चेश्वर गाउँपालिकाका पालिका प्रहरीलाई आधारभूत तालिमपछि सुशोभन



नुवाकोट,पुस २४। दुप्चेश्वर गाउँपालिकाको पालिका प्रहरीमा छनोट भई यही पुस ८ गते देखि २३ गतेसम्म सञ्चालन गरिएको आधारभूत सेवा प्रवेश तालिम सम्पन्न भएको छ।

तालिम सम्पन्न पछि बिहीबार सुशोभन समारोह आयोजना गरी प्रशिक्षार्थीलाई औपचारिक रूपमा सुशोभित गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीका अनुसार तालिम पूरा गरी १ जना हवल्दार र ३ जना जवान गरी जम्मा ४ जना पालिका प्रहरी सुशोभित भएका छन्।

सुशोभन समारोहमा गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय तहमा शान्ति, सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पालिका प्रहरीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्