टोखा–१ मा महाकाल देवी र जल्लेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम
काठमाडौँ,पुस १४ । टोखा नगरपालिका वडा नं. १ को आयोजनामा बिहीबार महाकाल देवी मन्दिर तथा जल्लेश्वर महादेव मन्दिर वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मन्दिर परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक व्यक्तित्व, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा वडा कार्यालयका कर्मचारीहरूको सक्रिय सहभागितामा सरसफाइ कार्य गरिएको टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछानेले बताए ।
आयोजकका अनुसार वडा नं. १ ले सरसफाइलाई निरन्तर अभियानका रूपमा अघि बढाउँदै यस्ता सामाजिक तथा सामुदायिक कार्यहरूमा नियमित रूपमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरेको छ।

