सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो
काठमाडौं,पुस २५ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार बढेर २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ ।
महसंघका अनुसार चाँदी भने आज तोलामा ५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

