नुवाकोटमा प्रथम खेलकुद, साँस्कृतिक तथा पर्यटन उत्सव सुरु
नुवाकोट, पुस २५ गते । नुवाकोटको विदुर नगरपालिका–९ स्थित कोलनीमा प्रथम खेलकुद, साँस्कृतिक तथा पर्यटन उत्सव–२०८२ सुरु भएको छ ।
उत्सवको शुक्रबार बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गर्नुभएको हो ।
जिल्ला खेलकुद विकास समिति, नुवाकोटको आयोजनामा सञ्चालन भइरहेको उक्त उत्सवको संरक्षक विदुर नगरपालिका रहेको छ ।
उत्सवमार्फत स्थानीय खेलकुद, कला–संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।
उत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक नाच–गान, झाँकी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन् । स्थानीय कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
आगामी माघ ५ गतेसम्म चल्ने यस उत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

