पञ्चकन्या गाउँपालिकामा ७ सदस्यीय निवर्तमान शिक्षक समाज समिति गठन
नुवाकोट,पुस २६ । पञ्चकन्या गाउँपालिकामा ७ सदस्यीय निवर्तमान शिक्षक समाज समिति गठन गरिएको छ । पञ्चकन्या गाउँपालिकामा केदारबहादुर थापा, हरिकृष्ण अधिकारी, हस्तबहादुर ढुंगाना, उषा आचार्य, गोपि सिटौला, शरण लामिछाने र कृष्णबहादुर भण्डारी सदस्य रहेको ७ सदस्यीय निवर्तमान शिक्षक समाज पञ्चकन्या गाउँपालिका समिति गठन गरिएको छ।
समिति गठन कार्यक्रम प्रमुख अतिथि रामकृष्ण थापाको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला अध्यक्ष शम्भु शर्मा, सल्लाहकार तारा पाठक, जिल्ला सचिव रामप्रसाद प्याकुरेल, पूर्व अध्यक्ष द्वारिका पाण्डे, सचिव गोपाल सिलवाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम जिल्ला सदस्य अर्जुन गुणी र रामेश्वर मिश्रको विशेष सक्रियतामा वनभोज कार्यक्रमसँगै सम्पन्न गरिएको पूर्व जिल्ला शिक्षक संघका अध्यक्ष रामबहादुर थापाले बताए । निवर्तमान शिक्षकहरूको हकहित, अनुभव आदान–प्रदान तथा सामाजिक योगदानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले समिति गठन गरिएको बताइएको छ।

