उपल्लो वायुमण्डलको न्यूनचापीय प्रभाव, तराई–मधेसमा हुस्सु र कुहिरो



काठमाडौं,पुस २७। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई र मधेसका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो लागिरहनेछ।

त्यसैगरी, आज राति तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने देशका पहाडी तथा हिमाली भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

हुस्सु र कुहिरोका कारण तराई–मधेस क्षेत्रमा बिहान तथा मध्याह्न समयसम्म दृश्यता कम हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्