सुन–चाँदीको भाउ फेरि उकालो, सुन तोलामा २८ सय र चाँदी २१० रुपैयाँले बढ्यो



काठमाडौं,पुस २७। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ। एकैदिन सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तोकिएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ उच्च रेकर्ड कायम गरेको छ। आज चाँदीको भाउ एकैदिन तोलामा २ सय १० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

लगातारको मूल्यवृद्धिसँगै सुनचाँदी बजारमा चहलपहल कम भएको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिको अवस्थाले मूल्यमा उतारचढाव देखिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्