गायक प्रशान्त तामाङको निधन 



काठमाडौं,पुस २७ । इन्डियन आइडल सिजन ३ का विजेता एवं गायक प्रशान्त तामाङको निधन भएको छ ।

उहाँको आज दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । सन् २००७ मा भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सहभागी भएपश्चात तामाङ संसारभरका नेपाली समुदायमाझ परिचित हुनुभएको थियो । ‘रियालिटी शो’ मा सहभागी पहिलो भारतीय प्रहरी समेत रहनु भएका गायक तामाङले त्यसपश्चात् दर्जनाैँ नेपाली गीतहरूमा समेत स्वरांकन गर्नुभएको थियो र थुप्रै गीत नेपाली श्रोतामाझ चर्चित पनि रहेका छन्  ।

उहाँले नेपाली सिनेमा गोर्खापल्टन, परदेशी, निशानी लगायतमा समेत मुख्य अभिनय गर्नुभएको थियो भने भारतीय अभिनेता सलमान खानको ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु समेत गर्नुभएको थियो । उहाँको निधनमा नेपालका चर्चित गायक/ गायिका लगायत थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्