पृथ्वी जयन्तीमा प्रधानमन्त्री सुशीला कार्की राप्रपाको जलपान कार्यक्रममा सहभागी



काठमाडौँ,पुस २७। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनु भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री कार्कीलाई स्वागत गर्नु भएको थियो।

उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, साथै समाजका विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रमले आपसी सद्भाव, राष्ट्रिय एकता र ऐतिहासिक योगदानको स्मरण गर्ने उद्देश्य राखेको आयोजकले जनाएको

प्रतिक्रिया दिनुहोस्