कांग्रेस विशेष महाधिवेशनलाई ६२ प्रतिशत प्रतिनिधिको समर्थन



काठमाडौँ,पुस २८। नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोह समापनसँगै आयोजक समितिले आइतबार अबेरसम्म ६२ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरिसकेको जानकारी दिएको हो।

आयोजकका अनुसार हस्ताक्षर संकलन कार्य अझै जारी रहेकाले समर्थन गर्ने प्रतिनिधिको संख्या थप बढ्ने दाबी गरिएको छ।
पर्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागका आधारमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएको थियो।

विशेष महाधिवेशनको उद्घाटन सत्र हिजो सम्पन्न भइसकेको छ भने आज बन्दसत्र सञ्चालन हुँदैछ। बन्दसत्रमा पार्टी सभापति शेरबहादुर देउवाको समेत उपस्थिति रहनेमा महामन्त्रीद्वयले विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्