न्युनचापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु–कुहिरो



काठमाडौँ,पुस २८। नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तर, आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

त्यसैगरी, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ भने पहाडी र हिमाली क्षेत्रको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्